काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अन्तर मन्त्रालयमा समन्वय नहुँदा काठमाडौंको सडक पटक पटक भत्काउनु परेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले काठमाडौंका धेरै जसो सडकको निर्माण कार्य अलपत्र परेको बताए ।
‘खानेपानीको पाइप विछ्याउनेदेखि विजुलीको तार भूमिगत गर्ने नाममा सडक बारम्बार खनिएको छ, फुटपाथमा निर्माण सामग्री राखेर अस्तव्यस्त बनाइएको छ । सरकारका मन्त्रालयहरु विच समन्वय हुन नसकेका कारण एउटै सडक वर्षमा चारपटक सडक भत्काइएको छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया