काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले अहिले संसद तात्तिएको छ । सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न निकै जोडदार माग गरिरहेका छन् ।
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले एमाले नेता टोपबहादुर रायमाझी फरार भएपछि थप आशंका बढेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले छोरा पक्राउ परेपछि सम्पर्कविहीन हुनुले घटनामा संलग्न भएको पुष्टि गर्ने उनको भनाई थियो ।
‘यदि दोषी छैनन् भने प्रहरीबाट किन लुकेर बसेका छन् ? लुक्नु भनेको यस प्रकरणमा कुनै न कुनै संलग्नता भएको पुष्टि गर्छ । उनका छोरा पक्राउ पर्नुपर्ने थप बल पुगेको छ । त्यसैले प्रहरीले पक्राउ गरेर छिटोभन्दा छिटो कानूनको दायरामा ल्याउनुपर्ने हुन्छ । नभए प्रहरीकै काममाथि पनि प्रश्न उठ्नसक्छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया