काठमाडौं । नेकपा एमालेका नेता सूर्य पाठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुले अनुसन्धानलाई सघाउनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता पाठकले फरार रहनुको अर्थ अपराध स्वीकार गर्नु रहेको टिप्पणी गरे ।
उनका पार्टीका सचिव रहेका सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरार रहेका छन् । सो प्रकरणप्रति लक्षित गर्दै नेता पाठकले भने
‘फरारको अर्थ अपराध स्विकार गरेको अर्थ हो । यो जसले पनि बुझ्ने कुरा हो ।’ उनले भने ।
त्यस्तै आफूले गल्ती नगरेको भए गिरफ्तारी दिएर अनुसन्धानलाई सघाउनुपर्ने बताए । साथै एक दुई नेताले गरेको गल्तीको भारी लाखौँ एमाले कार्यकर्ताले बोक्न नसक्ने बताए । सुशासनको मामलामा कुनै इफ र बटले काम नगर्ने समेत बताए ।
‘गल्ती नगरेको भए गिरफ्तारी दिएर अनुसन्धानलाई सघाउनु पर्थ्यो । १,२ जना नेताले गरेको गलत कुराको प्रश्नको भारी लाखौं एमाले कार्यकर्ताले बोक्न सक्दैनन ।’ उनले भने, सुशासनको मामलामा कुनै इफ र बटले काम गर्दैन ।’
गत बुधबार नै पक्राउ पुर्जी जारी भए पनि सांसद रायमाझी फरार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया