परराष्ट्र मन्त्रालयका सुब्बा भण्डारी वेगनाश तालमा मृत फेला

लोकपथ
189
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयका नायव सुब्बा अनुप भण्डारी पोखराको वेगनाश तालमा सोमबार मृत भेटिएका छन् ।विराटनगरका ३१ वर्षीय भण्डारी आइतबार काठमाडौंबाट पोखरा गएका थिए ।

उनको शव बिहान ८:३० बजे पानीमा तैरिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता विकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?