मन्त्रिपरिषद् विस्तारमा राष्ट्रपतिलाई समेत भागबण्डा !

लोकपथ
308
Shares

काठमाडौं । आइतबार (आज) सम्म १०औँ पटक मन्त्रिपरिषद् विस्तार हुँदा समेत मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज एक मन्त्री नियुक्त गर्दै अर्को एक मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।

यसअघि नेपाल समाजवादीका अध्यक्ष समेत रहेका महिला तथा बालबालिकामन्त्री महिन्द्रराय यादवलाई खानेपानी मन्त्रीमा सरुवा गरिएको छ । भने कांग्रेस सांसद सुरेन्द्रराज आचार्यलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ ।

गठबन्धनमा दलीय भागबण्डा अनुसार ८ वटा मन्त्रालयको भागबण्डा पाएको कांग्रेसले जनमत पार्टीले सरकार छोड्दा थप एक मन्त्रालय पाएको हो ।

नवनियुक्त बालबालिकामन्त्री आचार्य राष्ट्रपति निकट मानिन्छन् । गत निर्वाचनमा कपिलवस्तु क्षेत्र नं २ बाट निर्वाचित आचार्य यसअघि सिँचाइ राज्यमन्त्री भइसकेका छन् । मन्त्री बन्ने खास चर्चामा नरहे पनि अन्तिममा पाएको एक मन्त्रालयमा पौडेलका निकट आचार्यलाई ल्याइएको हो । उनलाई ल्याइएसँगै मन्त्रिपरिषद्मा समेत राष्ट्रपतिको भागबण्डा खोजेको भन्दै चर्चा हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?