रुकुम पुर्वमा जीप दुर्घटना, १२ जना घाइते

लोकपथ
70
Shares

काठमाडौं । रुकुम पुर्वमा जीप दुर्घटना भएको छ । रुकुम पुर्वको भुमे गाउपालिका-चुन्वाङ्ग बाट महत जादै गरेको जिप सिम खोलामा दुर्घटनामा परेको हो ।

जीपमा कक्षा १२ को परीक्षा दिन हिडेका विद्यार्थीसमेत रहेका थिए । जीपमा सवार १२ जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वकी प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले लोकपथलाई जानकारी दिइन् ।

‘जीप सडक भन्दा ३-४ मिटर मात्रै तल खसेको हो । जीपमा सवार सबैको अवस्था सामान्य नै रहेको छ । उपचारका लागि घाइतेहरुलाई जिल्ला अस्पताल रुकुमपूर्व पठाएका छौं ।’ उनले लोकपथसँग भनिन् ।

जीप चालक हाल प्रहरी नियन्त्रणामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?