काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा सांसदहरूको डिजिटल उपस्थिति (ईहाजिरी) शुरू गर्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ईहाजिरी शुरू गर्ने र सभाका सदस्यहरूको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे छलफल भएको हो ।
‘संसदमा माननीयहरूको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता खानमात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ । दल तथा माननीयज्यूहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु । संसद सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु ।’ सभामुख घिमिरेले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया