आफ्नै दिदीको हत्या गर्ने भाई पक्राउ

लोकपथ
378
Shares

काठमाडौं । दोलखामा आफ्नै दिदीको हत्या गरेको अभियोगमा भाई पक्राउ परेका छन् ।

आफ्नै दिदी ३२ वर्षीया कल्पना भुजेल श्रेष्ठको हत्या गरेको अभियोगमा मेलुङ गाउँपालिका-१ पोवटी बस्ने २३ वर्षीय रामभरत भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विगत १ वर्ष देखि माईतमा बस्दै आएकी कल्पनालाई उनकै भाई रामभरतले उतिसको दाउराले टाउकोमा प्रहार गर्दा मृत्यु भएपछि प्रहरी चौकी किरातिछाँप र जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?