दाङमा ९ वर्षीया बालिका बलात्कृत

लोकपथ
63
Shares

काठमाडौं । दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१ बाहुनटाढी बस्ने २१ वर्षीय राम नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

नेपालीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित खरबारीमा लगी बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्याल दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?