नेपाली नागरिकतासहित तिब्बतियन शरणार्थी पक्राऊ

लोकपथ
28
Shares

काठमाडौं । एक तिब्बतियन शरणार्थीलाई प्रहरीले नेपाली नागरिकतासहित पक्राउ गरेको छ । हिजो बिहिबार काठमाडौंस्थित बौद्धबाट २७ वर्षीया निमा ल्हामो गुरुङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको नागरिकतासहित प्रहरीले पक्राउ गरेको हो ।

गुरुङलाई नागरिकता ऐन तथा लिखित सम्बन्धि कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

गुरुङ तिब्बतबाट भारत बिहार दिल्ली हुँदै विगत २ वर्षेखि बौद्धको वुद्ध तुशाल क्याम्पसमा बस्दै आएकी थिइन् ।

उनलाई नेपाली नागरिक कृष्णबहादुर कटुवालले नागरिकता बनाउन सहयोग गरेको प्रहरीले जनाएको छ । जसबापत कटुवालले ५ लाख रुपैयाँ लिएको अनुसन्धानका क्रममा खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?