काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच भेटघाट भएको छ ।
बुधबार भएको भेटघाटमा विभिन्न राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको बताइएको छ ।
भेटमा नेपाल कम्युनिष्ट पार्टीका नेता कर्णजीत बुढाथोकी र नेसपा नेतृ हिसिला यमी समेतको उपस्थिती रहेको थियो ।
भेटमा समसायीक राजनीति र समाजवादी धु्रवीकरणबारे विमर्श भएको डा. भट्टराईले पुष्टि गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध द्धन्द्धकालिन घटनाविरुद्धमा मुद्दा परेसँगै पूर्व माओवादी घटक एक ठाउँमा उभिएका थिए । उनीहरुले संयुक्त विज्ञप्ति निकाल्दै माओवादी आन्दोलनमाथि प्रहार हुन खोजेमा आफूहरुले संयुक्त रुपमा प्रतिवाद गर्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया