काठमाडौँ । सरकारले शुक्रबार नयाँ आईजीपी नियुक्र गर्दै छ । शुक्रबार दिउँसो बस्ने तय भएको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गर्न लागेको हो ।
वर्तमान आईजीपी धिरज प्रताप सिंह शनिवारदेखि अवकाशमा जाने भएसँगै नयाँ नियुक्ति गर्न लागिएको हो ।
आईजीपीका लागि ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरु दावेदार छन् । जसमा बसन्त कुँवर, टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया