रामपुर क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलै विजयी

लोकपथ
98
Shares

कञ्चनपुर । कञ्चनपुरको रामपुर बहुमुखी क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको प्यानल निर्वाचित भएको छ ।

बेलौरी नगरपालिका– ८ कलकत्तामा रहेको रामपुर क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलै निर्वाचित भएको हो ।

आइतबार दिउँसो सम्पन्न मतगणनाको नतिजाअनुरूप सभापतिमा सरस्वती तिरुवाको प्यानलै निर्वाचित भएका हुन् । निर्वाचित तिरुवाले १५, नेविसंघका धनीराम चौधरीले पाँच र अनेरास्ववियुकी विमला रेग्मीले ४ मत ल्याएका छन् ।

यसैगरी, सचिवमा रमिता चौधरी र कोषाध्यक्षमा रविना राना निर्वाचित भएका छन् । रमिताले १७, अनेरास्ववियुकी शोभा विष्टले तीन र नेविसंघकी सीता पुजाराले तीन तथा कोषाध्यक्षमा क्रान्तिकारीकी रविनाले १६, अनेरास्ववियुकी निशा विकले तीन र नेविसंघका लीला रानाले पाँच मत ल्याएका छन् ।

सदस्यतर्फ क्रान्तिकारीकै बबिता चौधरी, निशा लम्साल र राजेश्वरी राना निर्वाचित भएका छिन् । कञ्चनपुरका ६ क्याम्पसमा भएको निर्वाचनमध्ये उक्त क्याम्पसमा अखिल क्रान्तिकारीले पहिलो जित हासिल गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?