काठमाडौं । प्रदर्शनीमार्गमा रहेको बाल्मिकी विद्यापीठमा स्ववियु निर्वाचनको बिथोलिएको छ ।
विभिन्न विद्यार्थी संगठनले तालाबन्दी गरेपछि तोकिएकै चैत ५ गतेको मितिमा चुनाव नहुने देखिएको छ ।
तोकिएकै मितिमा निर्वाचन नहुने भएसँगै एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरुले नमूना मतदान गरेका छन् ।
बुधबार दिउँसो विद्यार्थीहरुले निर्वाचनको माहोल बिथोलिएको भन्दै नमूना मतदान गरेका हुन् ।

असन्तुष्ट विद्यार्थी र क्याम्पस प्रशासनलाई सन्देश दिनका लागि आफूहरुले नमूना मतदान गरेको बताए ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको बाल्मिकीमा समाजवादी निकट विद्यार्थी संघ, नेविसंघ लगागयतले तालाबन्दी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया