काठमाडौं । दाङको घोराहीस्थित राप्ती शिक्षा क्याम्पसमा सर्वसम्मत स्ववियु कार्यसमिति चयन भएको छ ।
मंगलबार क्याम्पस निर्वाचन समितिले एक विज्ञप्ति जारी गर्दै विभिन्न संगठनहरुको आपसी सहमतिमा सर्वसम्मत नेतृत्व चयन गरिएको जानकारी गराएको छ ।
जसमा सभापति नविन केसी (अखिल क्रान्तिकारी), उपासभापतिमा टिका कालाथोकी (अनेरास्ववियु), सचिवमा सरिता पोखरेल भण्डारी (प्रजातान्त्रिक), कोषाध्यक्षमा गणेश डाँगी (नेपाल विद्यार्थी संघ), सहसचिवमा सरिता शेर्पाईली (अखिल क्रान्तिकारी) रहेका छन् ।
त्यस्तै सदस्यहरुमा विभिन्न संगठनबाट सर्वसम्मत चयन गरिएको छ । जसमा सर्मिला डाँगी, यशोदा शर्मा, सुनिल आचार्य (पाण्डे) र शिसिर डाँगी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया