काठमाडौं । नेपाल कमर्स क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारहरुले आ–आफ्नो उम्मेवारी दर्ता गर्ने क्रम जारी छ ।
आन्तरिक विवादपछि रोकिएको मनोनयन आज हुने भएको छ ।
मंगलबार बिहान स्वतन्त्रबाट कृष्ण हुमागाईंले स्ववियु सभापति पदका लागि पहिलो उम्मेदवारी दर्ता गराएका छन् ।
लामो समयदेखि विद्यार्थी आन्दोलनमा सक्रिय हुमागाईंले क्याम्पसको शैक्षिक वातावरण सुधार, अनुशासित शैक्षिक वातावरण निर्माण र शैक्षिक मुद्दाहरुलाई मुख्य एजेण्डा बनाएर आफूले उम्मेवारी दर्ता गराएको जानकारी दिए ।
फागुन २७ गते नै उम्मेदवारी दर्ता गराउनु पर्नेमा नेपाल कमर्स क्याम्पसमा केही विद्यार्थी संगठनहरूले असन्तुष्ट जनाउदै तालाबन्दी गरेकोले त्यस दिन हुन सकिरहेको थिएन । अन्तिममा सहमतिमा आएपछि फागुन ३० गते निर्वाचनमो थप प्रकृयाहरू अगाडि बढाइएको छ ।
आजै उम्मेदवारहरूको दर्ता, दर्ता नामावली प्रकाशन, दाविविरोध र अन्तिम नामावली पनि प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
नेपाल कमर्स क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र स्वतन्त्र उम्मेदवारले चुनावमा प्रतिस्पर्दा गर्दै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया