काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनले राजनीतिक माहोल तातेको छ ।
शनिबार मनोनयन गरेर विद्यार्थी संगठनहरु चुनावी मैदानमा होमिएका छन् ।
सो क्रममा ठमेलमा रहेको सरस्वती बहुमुखी क्याम्पसमा पनि स्ववियु निर्वाचनको माहोल तातेको छ ।
विद्यार्थी राजनीतिका लागि सधैँ चर्चामा रहने सरस्वती क्याम्पसमा अनेरास्ववियुको तर्फबाट युवराज पंगेनी सभापतिको उम्मेदवार रहेका छन् । उनले आफ्नो पूर्ण टिम बनाएर चुनावी मैदानमा होमिएका छन् । त्यसैगरी सचिवमा प्रकाश गुप्ता, कोषाध्यक्षमा अस्मिता अम्गाइसहित सदस्यहरु चुनावी मैदानमा रहेका छन् ।
त्यस्तै नेपाल विद्यार्थी संघबाट मुस्कानराज गौतम उम्मेदवार रहेका छन् । सरस्वती क्याम्पसमा नेविसंघ, अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट विद्यार्थी संगठन मोर्चा बनाएर मैदानमा रहेका छन् ।
आफूहरु निरन्तर विद्यार्थीको साथमा रहेर काम गरेका कारण चुनावी परिणाम राम्रो ल्याउने विश्वासमा रहेको पंगेनीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया