आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिँदै, भोलि शीतलनिवास छाड्दै

लोकपथ
49
Shares

काठमाडौं । आज रातिबाट राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिँदैन् छ।

दोस्रो कार्यकाल अन्तर्गत पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो।

फागुन २५ गते नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएसँगै भण्डारी भोलि राष्ट्रपतिको सरकारी निवासबाट निजी निवासमा सर्दैछिन् ।

भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ(२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन्।

नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि पद तथा गोपनियताको शपथसँगै शीतल निवास सर्ने तयारीमा रहेका छन् ।

नवनिर्वाचित पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ खुवाउने छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?