काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु दैनिक फोहोरी खेलमा सामेल नहुने स्पष्ट पारेका छन् ।
शुक्रबार नेकपा एमाले निकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।
ओलीले भने, ‘हामी अरु पार्टीजस्तो क्षणिक दैनिक फोहोरी खेलमा सामेल छैनाैँ, सामेल हुँदैनौँ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सिल्भर तातेजस्तो एकैछिनमा सेलाउने नभइ लाइहाल्यो, हामी अर्बौं वर्ष खरबौं वर्ष तातेपछि सूर्य तातेजस्तै जस्तो तात्ने गरी काम गर्ने बताए ।
‘सिल्भर तातेजस्तो हामी तात्दैनौं, यसो ताप पायो तातिहाल्यो, भूईँमा राख्यो एकैछिनमा सेलाइहाल्यो, हामी अर्बौं वर्ष खरबौं वर्ष तातेपछि सूर्य तातेजस्तै जस्तो तात्नु पर्छ, एमाले त्यस्तै हो ।’ ओलीले भने ।
त्यसैगरी आफूहरुले चलखेल नगर्ने बताए । ‘हामी खेल खेल्छौं, चल मिसिएपछि अर्को हुन्छ, चलखेल गर्नुहुँदैन ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया