लोकप्रिय विद्यार्थीलाई उम्मेदवार नबनाए विद्रोह गर्ने सिटौलानिकट विद्यार्थीको चेतावनी

लोकपथ
21
Shares

काठमाडौं । नेविसंघको सिटौलानिकट विद्यार्थीहरूले स्ववियु निर्वाचनमा क्याम्पसमा लोकप्रीय र स्वभाविक उम्मेदवारलाई टिकट नदिए विद्रोह गर्ने चेतावनी दिएको छ। ।

शुक्रबार काठमाडौंको बाल्मिकि क्याम्पसममा आयोजित सो समूहको भेलाले केन्द्रले आफू निकटलाई मात्रै टिकट दिने प्रवृत्ति भएमा विद्रोह गर्ने चेतावनी दिएको हो ।

नेतृत्वले गुटको नाममा लामो समयदेखि विधान, पद्धति र विद्यार्थीको आवाज उठाउन खोजेका नेतालाई पाखा लगाउने काम गरेको आरोप लगाउँदै त्यसो नगर्न समेत चेतावनी दिएको छ ।

भेलालाई सम्बोधन गर्दै नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले लामो समयदेखि सङ्गठन भनेर दुःख गरेको र क्याम्पसमा लोकप्रीय रहेका विद्यार्थीलाई गुट र गठबन्धनको नाममा अवसरबाट बन्चित बनाउने काम भएमा हरेक क्याम्पसमा स्वतन्त्र उम्मेदवार उठाउने चेतावनी दिए ।

सो भेलालाई सम्बोधन गर्दै नेविसंघका पूर्व महामन्त्री तथा बागमती प्रदेशका सचेतक साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको प्रमुख आतिथ्ययतामा सम्पन्न उक्त भेलामा कांग्रेस बागलुङ जिल्ला सभापति जित शेरचन, नेविसंघका पूर्व महामन्त्री बलदेव तिमल्सिना, पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्वसहमहामन्त्री परमेश्वर शाह, पूर्वकेन्द्रीय सदस्य सुसिल भट्ट, नवराज त्रीपाठी, उमेश थापामगर युवा नेता इन्दु शर्मा, लिला बल्ल दाहाल, दीपेन्द्र क्षेत्री, नेबि सघका नेताहरु दीपक ओझा, रुपेश साह , नीराजन शाही, राजकुमार उप्रेती, महेश पौडेल, प्रशान्त लामिछाने, विनोद बराल , मनिस सिम्खडा लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?