उमेर नै नपुग्ने रञ्जितालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने उन्मुक्ति पार्टीको त्यो अपरिपक्क निर्णय

उपराष्ट्रपतिको उम्मेदवार बन्न रञ्जिताको उमेर पुगेन

लोकपथ
133
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्यो ।

आज (शुक्रबार) सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर अध्यक्ष श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनी उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएकी छन् ।

नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ । संसद सचिवालयका अनुसार रञ्जितको उमेर ४० वर्ष मात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?