काठमाडौं । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्चमा रिट परेसँगै माओवादी घटकका दलहरु एक ठाउँमा उभिएका छन् ।
१० वर्षे सशस्त्र द्धन्दपछि तितरबितर अवस्थामा रहेका माओवादी घटक रिटपछि एक ठाउँमा देखिएका छन् ।
शुक्रबार बिहान माओवादी घटकका विभिन्न ८ राजनीतिक दलहरुको बैठक बसेको छ ।
बैठकले फागुन २८ गते संक्रमणकालिन न्यायका सम्बन्धमा संयुक्त पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । त्यस्तै फागुन ३० गते सोही सम्बन्धनमा बृहत अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेको छ ।
पहिलो चरणको कार्यक्रमहरु फागुनभित्र सक्ने र दोस्रो चरणका कार्यक्रमहरु गर्ने तयारी माओवादी घटकले गरेको छ ।
पहिलो चरणमा अन्तरक्रिया र समीक्षा लगायतका विषयमा छलफल हुनेछ । भने दोस्रो चरणमा भने सडक संघर्षका कार्यक्रमहरु समेत गर्ने तयारी रहेको बताइएको छ ।
२८ गतेको पत्रकार सम्मेलनमा द्धन्द्धकालिन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभइ सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्ने भन्ने बारे जानकारी दिने एक नेताले बताए । त्यसैगरी अन्तरक्रियामा भने माओवादी घटकका नेताहरु, बुद्धिजिवी र नागरिक समूहका अगुवाहरुको समेत उपस्थिती रहनेछ ।
फागुन २३ गते अधिवक्ता ज्ञानेन्द्रराज आरण लगायतले प्रचण्ड विरुद्ध रिट दायर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया