काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू राष्ट्रपति निर्वाचित भए उदाहरणीय बन्ने बताएका छन् । संसद भवन नयाँबानेश्वरस्थित निर्वाचनस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गणतन्त्रका राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर आफूले देखाउने बताएका छन् ।
‘गणतन्त्रका राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु, त्यो तपाईंहरुले देख्न पाउनुहुन्छ’ । नेता पोडेलले भने । त्यस्तै उनले नेकपा एमालेका सांसदहरुले पनि आफूलाई मतदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया