भक्तपुर । नेकपा एमालेको पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ ।
नेता बस्नेत र मेयर शाहबीचको भेटवार्ता विशेष गरी १५ वटा विषयमा केन्द्रीत भएको थियो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डस्थित बस्नेत निवासमा नेता बस्नेत र मेयर शाहबीच भेटवार्ता भएको हो ।
नेता बस्नेतलाई भेट्न मेयर शाह गुण्डु पुगेका थिए। निर्वाचनको समयमा राजनीतिक प्रतिष्पर्धा भएता पनि विकास र समृद्धिको विषयमा एक ढिक्का भएर अगाडी बढ्नु नै राजनीतिक दल तथा जनप्रतिनिधिको महत्वपूर्ण जिम्मेवारी जनताबाट लिएको दुवै नेताहरुले आत्मसात् गर्दै सहयोग र सद्भावका साथ अडागी बढ्ने प्रतिवद्धता जनाएका छन्।

नेता बस्नेत र मेयर शाहबीचको भेटवार्तामा काठमाडौं र भक्तपुरको विकास र त्यहाँको समस्या समाधानमा दुवैले खेल्नुपर्ने भूमिकाकोबारेमा समेत छलफल भएको थियो ।
त्यस्तै मेयर शाहले केही स्थानको विकास तथा पुनःनिर्माण गरिएको अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन समेत गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया