द्धन्द्धकालिन मुद्दालाई चर्काएर देशलाई पुनः द्धन्द्धमा लैजान खोजिँदैछ : प्रवक्ता शर्मा

लोकपथ
42
Shares
;~rf/dGqL zdf{ sf7df8f}F, !& df3 M ;~rf/ tyf ;”rgf k|ljlwdGqL /]vf zdf{ dªunaf/ g]kfn 6]lnlehgsf] #*cf}F jflif{sf]T;j sfo{qmd ;Daf]wg ug'{x’Fb} . tl:a/ M xl//fd e]6’jfn÷ /f;;

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार एवं सूचनाप्रविधिमन्त्री रेखा शर्माले द्धन्द्धकालिन मुद्दालाई चर्काएर पुनः देशलाई द्धन्द्धमा फर्काउने प्रयास भइरहेको आशंका व्यक्त गरेकी छिन् ।

मंगलबार धादिङको गल्छीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले शान्ति प्रक्रियालाई पूरानै ठाउँमा लैजान कोशिस भइरहेको भन्दै आफूहरु त्यसप्रति संवेदनशील रहेको बताइन् ।

‘अहिले चिन्ता जाहेर भएको छ, शान्ति प्रक्रियालाई पुरानो ठाउँमा फर्काएर देशलाई फेरि द्वन्द्वमा फर्काउने प्रयत्न भइरहेको हो कि ? म सरकारको तर्फबाट के भन्न चाहान्छु भने हामी यसप्रति अन्त्यन्त संवेदनशील छौं ।’ उनले भनिन् ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चले रिट दर्ता गर्ने आदेश दिएको विषयलाई लक्षित गर्दै उनले सो कुरा बताएकी हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायको जुन विषय छ त्यो समयमा टुंग्याउन नसक्दा विविध खालका षडयन्त्र भइरहेको उनको आरोप रहेको छ ।

‘सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायको जुन विषय छ त्यो समयमा टुंग्याउन नसक्दा विभिन्न खालका षडयन्त्र, विभिन्न खालका चलखेलहरु स्वाभाविक ढंगले भएका छन् ।’ उनले भनिन् ।

साथै चालू अधिवेशनमै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सदनमा लैजाने र सर्वोच्चको फैसला कार्यान्वयन गर्ने समेत बताइन् ।

‘यही अधिवेशनमै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा लैजाने र सम्मानित सर्वोच्च अदालत गरेको फैसलालाई पनि कार्यान्वयन गर्ने छौं ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?