प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट सर्वोच्चमा दर्ता

लोकपथ
133
Shares
df5fvf]nf hnljB’t cfof]hgf pb3f6g sfo{qmd sf7df8f}F, !% kmfu’gM k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú ;f]daf/ ljsf; xfO8«f]kfj/ sDkgL lnld6]8åf/f ;~rflnt df5fvf]nf hnljB’t cfof]hgf pb3f6g sfo{qmdnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ ।

मंगलबार यसअघि दरपीठ भएको रिट दर्ता भएको हो ।

३ वर्षअघि प्रधानमन्त्री प्रचण्डले खुल्लामञ्चबाट द्धन्दकालमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने बताएका थिए । उक्त अभिव्यक्तिविरुद्ध सोही बेला निवेदन सर्वोच्च पुगेपनि प्रशासनले दरपीठ गरिदिएको थियो ।

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले प्रचण्डविरुद्धको रिट दर्ता गर्ने आदेश दिएको थियो । उक्त रिटको पेशी बिहीबारको लागि तोकिएको छ ।

प्रचण्डविरुद्ध रिट दर्ता गर्ने आदेश भएसँगै माओवादीमा खैलाबैला मच्चिएको छ । आजै प्रचण्डले पूर्व माओवादी नेताहरुसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?