काठमाडौं । राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक आह्वान गरेको छ ।
राप्रपाले भोलि (बुधबार) दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको हो ।
राष्ट्रपति निर्वाचनका सन्दर्भमा राप्रपाले अहिलेसम्म कुनै पनि निर्णय गरिसकेको छैन ।
त्यसो त राष्ट्रपति निर्वाचनका लागि तत्कालिन कांग्रेस माओवादीसहितको गठबन्धन ब्यूतिएसँगै राप्रपाले सरकार छाडेको थियो ।
फागुन २५ गते बिहीबार राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेससहित ८ दलीय गठबन्धनका तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।
दुवै उम्मेवारले राप्रपासँग सहयोगका लागि आग्रह गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया