काठमाडौं । माओवादी आन्दोलनसँग जोडिएर तितरबितर भएका पूर्व माओवादीहरुको बैठक बसेको छ ।
मंगलबार बिहान प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बैठक बसेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डसहित माओवादी महासचिव देव गुरुङ, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीकाका नेता सिपी गजुरेल, नेकपा माओवादीका प्रवक्ता प्रकाण्ड, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष आहुती लगायत बैठकमा सहभागी छन् ।
बैठकमा माओवादी केन्द्रका शीर्ष नेताहरु उपस्थिती रहेको छ ।
पछिल्लो समय माओवादी धारका नेताहरुले माओवादी आन्दोलनलाई स्मरण गर्दै पुनः एकीकरणको आवश्यक्ता रहेको बताइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया