काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको छ ।
आइतबार दिउँसो पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
केहीबेरअघि वार्षिक प्रतिवेदन बुझाउन प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए ।
सरकारले सो आर्थिक वर्षमा सम्पादन गरेका काम कारबाही समेटिएको प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गरिएको हो ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले सम्पादन गरेका काम कारबाहीको फेहरिस्त राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्नुपर्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया