आदिवासी जनजातीले पहिचानको मुद्दा छाड्नु हुँदैन : उपराष्ट्रपति पुन

लोकपथ
28
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आदिवासी जनजातीले आफ्नो पहिचानको मुद्दा छाड्न नहुने बताएका छन् ।

नेपाल मगर सङ्घले आज आयोजना गरेको ‘भवन निर्माण तथा शालिक अनावरण’ कार्यक्रममा उनले आदिवासी जनजातिले आफ्नो पहिचानको मुद्दालाई छाडन नहुने पनि बताए।

उनले संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकी रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिले एकतावद्ध भएर सरकारलाई खबरदारी गरिरहनुपर्ने बताए ।

उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको पहिचान स्थापित गराउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। क्षेत्रीहरु आदिवासी हुन् वा होइनन् भन्ने बारेमा गहिरो अध्ययनको खाँचो रहेको उनको भनाइ थियो ।

उनले आदिवासी जनजातिको एकता टुट्यो भने उनीहरुले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने बताए। नेपाल मगर सङ्घले आदिवासी जनजाति योद्धाको योगदानको स्मरण गर्दै अघि बढनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?