राज्यले सुविधा दिएन, ४४ हजार घरभाडा तिर्नु परेको छ : उपसभामुख राना

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । उपसभामुख ईन्दिरा रानामगरले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको बताएकी छन् । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभामुख रानामगरले यस्तो बताएकी हुन् ।

उनले राज्यबाट पाउनुपर्ने सेवा, सुविधामा आफूलाई विभेद गरिएको गुनासो गरिन् । उनले भनिन्, ‘सांसद हुँदा त मैले त्यति वास्ता गरिन् । तर उपसभामुख भएको मेरो अहिले एक महिना भयो । मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ । मेरो सुविधा पनि खोज्दै जाँदाखेरि थुप्रै सुविधाहरु रहेछ ।’

उनले पुरुषले महिलालाई र ठूलो पार्टीले सानो पार्टीलाई गर्ने व्यवहार अहिले पनि हेपाहा प्रवृत्तिको भएको बताइन् । ‘त्यो भ्रष्टाचार होइन र, कस्तो लाग्छ तपाईहरुलाई ?’ उपसभामुख रानामगरले प्रश्न गरिन्, ‘यहाँ ठूलो जसको पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुने ।’

आफूलाई घर दिने भनेको सुनेको तर, नदिई ३६ हजार रुपैयाँ भाडा मात्र दिएको रानाले बताइन् । ‘उपसभामुखलाई घर दिने रे भनिएको छ, दिइएको छैन । ३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नु परेको छ’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?