काठमाडाैं । आगामी फागुन ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज देशभरका क्याम्पसहरुमा संगठन दर्ता गर्ने कार्यतालिका रहेको छ ।
बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म संगठन दर्ता गर्ने कार्यतालिका अनुसार संगठन दर्ता भइरहेको छ ।
कार्यतालिका अनुसार हरेक क्याम्पसहरुमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी लगायत अन्य विद्यार्थी संगठनले संगठन दर्ता गराएका हुन् ।
सो क्रममा काठमाडौंको ठमेलमा रहेको पुरानो अमृत साइन्स क्याम्पस (अस्कल क्याम्पस) मा नेविसंघले आफ्नो संगठन दर्ता गराएको छ । नेविसंघले हिन्दु परम्परा अनुसार स्वस्तिक मन्त्र बाचन गरेर संगठन दर्ता गराइएको नेविसंघ अस्कल क्याम्पसका अध्यक्ष प्रकाश अर्यालले जानकारी दिए ।
आज दर्ता नभएका संगठनले स्ववियु निर्वाचनमा भाग लिन पाउने छैनन् ।
२०६५ साल यता देशभर स्ववियु निर्वाचन हुन सकेको छैन । २०७३ सालमा केही क्याम्पसहरुमा स्ववियु निर्वाचन भए पनि लामो समय स्ववियु विहीन बन्दा शैक्षिक मुद्दाहरु नै ओझेलमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया