काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई ११ दलको समर्थन रहने दाबी गरेका छन् ।
बिहीबार आठ दलले गरेको प्रशिक्षण कार्यक्रमपछि बोल्दै प्रवक्ता महतले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै १० दलको समर्थन प्राप्त भइरहेको र अझै ११ दलको समर्थन रहनसक्ने दाबी गरे ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीले भनिसक्नुभयो ८ दल मात्रै होइन १० दल भइसक्या छ अझ ११ दलको समर्थन पुग्ने भरपुर स्थिति छ ।’ प्रवक्ता महतले भने, ‘संघमा नभए पनि प्रदेश सदस्यहरुको भूमिका हुन्छ । त्यसअर्थमा दश दल अर्को अर्को केन्द्रमा रहेका महत्वपूर्ण दलको सहयोग हुने अपेक्षा गरेका छौं ।’
त्यसैगरी राष्ट्रपतिको उम्मेदवारमध्ये पौडेल नै अहिलेको अवस्थामा उपयुक्त पात्र भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया