पार्टी कार्यालयमा पुगेर नेपालसँग नेम्वाङले मागे मत

लोकपथ
63
Shares

काठमाडौं । एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनेका सुवास नेम्वाङले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मत मागेका छन् ।

बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यायलमा पुगेर नेम्वाङले मत मागेका हुन् ।
सो क्रममा नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायत रहेका छन् । भने एकीकृत समाजवादीबाट अध्यक्ष नेपालसहित महासचिव वेदुराम भुसाल लगायत रहेका छन् ।

यद्यपि एकीकृत समाजवादीले ८ दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरिसकेको छ । बुधबार बसेको पार्टी सचिवालय बैठकले पौडेललाई मत दिने आधिकारिक निर्णय गरेको हो ।

त्यस्तै आजै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेसँग समेत भेट्ने कार्यक्रम रहेको नेम्वाङले लोकपथसँग बताए ।

त्यस्तै अन्य कांग्रेस माओवादीसहित अन्य राजनीतिक दलहरुसँग पनि भेटघाट गर्ने तय भएको उनले बताए ।

आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि एमालेबाट नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन् । भने ८ दलबाट साझा उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेल रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?