काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टीनिकट नेपाल समाजवादी विद्यार्थी युनियनले तालमेल गर्ने भएका छन् ।
सोमबार बाल्मिकी क्याम्पसमा आयोजित कार्यक्रममा दुई संगठनबीच तालमेल गरेर स्ववियु चुनावमा भाग लिने सहमति भएको हो ।
सहमतिपत्रमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले हस्ताक्षर गरेका छन् । उनीहरुबीच चैत ५ मा त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय, चैत ३ मा मध्यपश्चिम र चैत ८ मा सुदूरपश्चिम विश्वविद्यालयले गर्ने स्ववियु चुनावमा तालमेल गर्ने सहमति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया