काठमाडौं । नेकपा एमालेले सरकारले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेकोप्रति आपत्ति जनाएको छ ।
आज च्यासलस्थित पार्टी कार्यालयमा बसेको एमाले सचिवालय बैठकले मन्त्रिपरिषद्ले निर्णय गरेको विषयमा सरकारले हस्तक्षेप गर्दा राम्रो सन्देश नगएको भन्दै आपत्ति जनाएको हो ।
बैठकपछि बोल्दै उपप्रधान एवं अर्थमन्त्री समेत रहेका एमाले उपमहासचिव विष्णु पौडेलले सो कुरा जानकारी दिएका हुन् ।
बैठकपछि बोल्दै उनले भने, ‘यसले नकारात्मक सन्देश गएको छ र राष्ट्रको इज्जतमाथि प्रतिकुल प्रभाव परेको छ ।’
त्यस्तै आज बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय समेत एमालेले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया