राष्ट्रपतिका दुवै उम्मेदवारविरुद्ध परेन उजुरी

लोकपथ
35
Shares

काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रपति निर्वाचनका लागि एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेससहित गठबन्धनको तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।

दुवैले फागुन १३ गते शनिबार उम्मेदवारी दर्ता गराएको तर कुनै पनि उजुरी भने परेको छैन ।

राष्ट्रपति उम्मेदवारविरुद्ध दाबी विरोध वा उजुरी दिने म्याद आइतबारसम्म राखिएको थियो । त्यसमा जाँचबुझ गरी निर्यण फागुन १५ गते आजका लागि तोकिएको छ । तर कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यससँगै अन्य प्रक्रियाहरु अघि बढ्नेछन् । त्यस्तै फागुन १६ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?