सबै सहकारी खत्तम छन् भन्ने प्रचारमा सत्यता छैन : मन्त्री राई

लोकपथ
7
Shares
…;xsf/Lsf] ;ªs6 M sf/0f / ;dfwfgÚ sf7df8fF}, !$ kmfu’g M e”ld Joj:yf, ;xsf/L tyf ul/aL lgjf/0f dGqL /fh]Gb|s’df/ /fO{ cfly{s ldl8of ;~rfns ;ª3 -Odfg_åf/f cfOtaf/ cfof]lht …;xsf/Lsf] ;ªs6, sf/0f / ;dfwfgÚ ljifos 5nkmn sfo{qmddf dGtJo JoQm ug'{x’Fb} . tl:a/ M k|sfz l;njfn÷/f;;

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवर्द्धनमा लाग्नुपर्ने बताएका छन् ।

आर्थिक मिडिया सञ्चालक संघ (इमान) ले आज यहाँ आयोजना गरेको ‘सहकारीको संकट, कारण र समाधान’ विषयक छलफल कार्यक्रममा मन्त्री राईले सबै सहकारी खत्तम छन् भन्ने प्रचार सत्य नभएको र गल्ती गर्ने केहीलाई नियमबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘गाउँगाउँमा सहकारीले आर्थिक परिचालनका लागि राम्रो काम गरेका छन् । तिनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । समस्या छन् भने समाधानका लागि पहल गर्नु पर्छ ।’ मन्त्री राईले सरोकारवालाबाट प्राप्त हुने लिपिबद्ध सुझावका आधारमा आफूले मन्त्रीका रुपमा गर्नुपर्ने पहलमा हुनै कमी नहुने विश्वास दिलाए ।

समस्या समाधानका नाममा आयोग र कार्यदल गठन गरेर अल्मल्याउने काम आफूबाट नहुने उनको भनाइ थियो । मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले संकटग्रस्त र समस्यामूलक सहकारीका विषयमा अध्ययन भइरहेको उल्लेख गर्दै वचतकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

नेपाल राष्ट्र बैंकका सञ्चालक डा.चिन्तामणि शिवकोटीले नियमनका लागि स्थानीय तहबाट पनि प्रभावकारी भूमिका हुनुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीलगायतले सहकारी क्षेत्रका समस्या समाधान गर्न सबैको सकारात्मक भूमिका भएमा सहकारीप्रतिको विश्वास पुनःजागृत हुने र सोका लागि सरकारले साथ दिनुपर्ने बताए ।

मन्त्रालयका पूर्वसचिव गोपीनाथ मैनालीले संकटग्रस्त सहकारीबारे समयमै अध्ययन र छानविन नभएमा वचतकर्ता मर्कामा पर्ने बताए । इमानका अध्यक्ष रोयल आचार्यले अर्थतन्त्र संकटमा पर्दा सञ्चार क्षेत्र पनि प्रभावित हुने भएकाले अर्थतन्त्रको अवस्थामा सुधार ल्याउन हरेक क्षेत्रबाट सकारात्मक योगदान आवश्यक रहेको बताए ।

इमानका उपाध्यक्ष माधवप्रसाद तिवारीले मिडिया प्रतिपक्षी मात्रै होइन, उत्प्रेरक पनि हो भन्ने मान्यतालाई आत्मसात् गरेर आर्थिक समृद्धिका लागि बहस सञ्चालन गरिएको र आएका सुझाव सम्बन्धित निकायमा पेस गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?