बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै

लोकपथ
7
Shares
?????? ?????? ??? ??????? ?????? ?????? ????????? ???????? ???????????????? ????????? ??????????? ?????? ??? ???? ?????? ?????? ????? ??????????? ?????? ??? ?????????? ???? ?????????? ??????????? ?????? ?????? ??? ???????? ? ??????: ???? ????, ????

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आइतबार पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
यसअघि शनिबार साँझ बसेको बैठकले विधेयक व्यवस्थापन विशेष समिति गठन गर्न स्वीकृति प्रदान गरेको थियो । बैठकले १५ सदस्यीय विशेष समिति गठन गर्न स्वीकृति प्रदान गरेको हो ।

उक्त विशेष समितिमा प्रदेशसभाका सदस्यहरू आशा लामा, उद्धव थापा, कुन्दनराज काफ्ले, छिरिङदोर्जे लामा, जयराम थापा, डा दिनेशचन्द्र देवकोटा, प्रकाश श्रेष्ठ, रामकृष्ण चित्रकार, राधिका तामाङ, रत्नप्रसाद ढकाल, वसन्तप्रसाद मानन्धर, शैलेन्द्रमान बज्राचार्य, मधुसुधन पौडेल, सृजना सैजू र सुरेन्द्रराज गोरसाईं छन् ।

यसैगरी सोही बैठकमा विशेष समयमा ११ जना प्रदेशसभाका सदस्यले प्रदेश सरकारको विभिन्न घटनाक्रमलाई लिएर आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?