राष्ट्रिय समस्या समाधानका लागि दलहरुबीच सहमति जरुरी : उपमहासचिव शर्मा

लोकपथ
21
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय समस्या समाधानका लागि प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति हुन जरुरी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सहमतिका आधारमा राष्ट्रपति चयन हुने र मुलुकको समस्या समाधानका लागि पनि सबै दलबीच सहमति जरुरी रहेको बताए ।

उनले आफ्नो पार्टी राष्ट्रिय विषयमा प्रमुख दलहरुबीच साझा सहमति हुनुपर्छ भन्ने मान्यतामा रहेको उल्लेख गरे । राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने विषयमा आज साँझ बस्ने बैठकले टुङ्गो लगाउने उनको भनाइ थियो ।

पूर्वअर्थमन्त्रीसमेत रहेका नेता शर्माले मुलुकको सामु देखिएको आर्थिकलगायतका अन्य समस्या समाधानका लागि दलहरुबीचको एकता जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?