काठमाडौं । नेपाली कांग्रेसका सांसद एनपी साउदले सांसदहरुले शून्य समयमा उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरुलाई रुलिङ गर्न सभामुख समक्ष माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद साउदले जवाफ दिन मन्त्रीहरुलाई रुलिङ गर्न माग गरेका हुन् ।
‘संसदीय अभ्यासमा शून्य समयको ठूलो महत्व छ। देशभरिका समस्यालाई सांसदहरुले एक मिनेटभित्र सदनभित्र उठाउनुपर्ने परम्परा छ। यसका बारेमा सरकारका मन्त्रीहरु आएर जवाफ नदिने गरेको हुनाले संसदको गरिमा घटेको छ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया