काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारी कार्यालयहरुमा बेवारिसे रुपमा राखिएका श्रोत, साधनहरुको सदुपयोग गर्न सरकारसमक्ष आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै उनले देशैभर नेपाल सरकारको कार्यालय र प्रहरी कार्यालय परिसरभित्र साधनश्रोत, मोटरसाइकलदेखि गाडीहरु पनि थुपारेर राखेको भन्दै आपत्ति जनाएका हुन् ।
‘देशभरकै नेपाल सरकारको कार्यालय र प्रहरी कार्यालय परिसरभित्र थुपारिएर राखिएका साधन श्रोत, मोटरसाइकलदेखि गाडीहरु बेवारिसे रुपमा राखिएको छ । नियम नमिलेको हो भने नियम मिलाएर करोडौं मूल्य जाने सवारीसाधनहरु कार्यालयको परिसरमा कौडीको मूल्यमा बेच्नको लागि राखिएको छ, यसले राम्रो भएन,’ सिंहले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया