माधव नेपाल बन्लान् त प्रधानमन्त्री ?

लोकपथ
91
Shares

काठमाडौं । बालुवाटारमा बसेको ४ दलको निर्णायक मानिएको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनेसम्मको कुरा उठेको छ ।

राष्ट्रपतिको उम्मेदवार टुंग्याउन बसेको बैठकमा नेपाली कांग्रेसले अबको एक वर्षपछि नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको हो । कांग्रेसको उम्मेदवारलाई राष्ट्रपति बनाउने शर्तसहित सो प्रस्ताव गरिएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले लोकपथलाई जानकारी दिए ।

यसअघि पनि कांग्रेसले सो प्रस्ताव गरे पनि आफूहरुले इन्कार गरेको उनले बताए ।

‘यसअघि पनि कांग्रेसले हाम्रा पार्टी अध्यक्षलाई प्रधानमन्त्री बनाउने शर्तमा राष्ट्रपतिमा सहमति खोज्ने प्रस्ताव गरिरहेको थियो । तर हामीले इन्कार गर्दै आएका हौँ ।’खतिवडाले भने, ‘आजको बैठकमा पनि त्यो विषयमा कुरा उठेको थियो । तर हामीले अहिलेसम्म त्यो विषयमा केही सोचेका छैनौँ ।’

यसअघि बिहीबार नेपाललाई सर्वसहमतिमा राष्ट्रपतिको उम्मेदवार बनाउने विषयमा चर्चा चलेको थियो ।

आज लामो समय माओवादी, कांग्रेस, जसपा र एकीकृत समाजवादीको बैठक बालुवाटारमा बसेको थियो । बैठकमा सबै राजनीतिक दलहरुले आ–आफ्नो पार्टीका तर्फबाट प्रस्ताव गरेका थिए । राष्ट्रपतिको उम्मेदवारका बारेमा कुनै पनि निर्णय नभएसँगै साँझ ५ बजेका लागि पुन बैठक बोलाइएको छ ।

आजको बैठक सकारात्मक भएको नेपाली नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जानकारी दिए । अन्तिम निर्णय साँझ ५ बजे बस्ने बैठकमा हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?