गठबन्धनको समर्थनमा रुपन्देही–१ बाट घनश्यामले दिए स्वतन्त्र उम्मेदवारी

लोकपथ
182
Shares

काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार देवदहस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर गठबन्धनमा आवद्ध दलका नेता कार्यकर्तासँगै उम्मेदवारी दर्ता गराएका हुन् ।

गठबन्धनले साथ दिने भएसँगै उनले सो क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए ।

उनलाई सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थन रहेको छ । भूसालले आफू सत्ता गठबन्धनको समर्थनमा वाम उम्मेदवार भएको बताएका छन् ।

उनको प्रतिस्पर्धा नेकपा एमालेका सचिव छविलाल विश्वकर्मासँग हुनेछ ।

नेकपा एमालेले टिकट नदिएपछि उनले शनिबार पार्टी परित्यागको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?