अान्तरिक उडानमा अाक्रमण बन्दै वायुसेवा निगम

काठमाडाैं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अान्तरिक उडानमा थप अाक्रामकता देखाउन लागेको छ । स्टोल रूट र ट्रङ्क रूटका उडान गन्तव्यहरूमा थप उडान थप्ने योजना निगमको छ । 

निगमले अाफुसँग भएको चारवटा १७ सीटे वार्इ १२-इ र दुईवटा ५८ सीटे एमए ६० (मोर्डन आर्क) विमानमार्फत थप उडान गर्न लागेको हो । निगम प्रवक्ता अशोक सिग्देलका अनुसार एउटा जहाज मर्मतको काम लगभग सकेको निगमले दोस्रो जहाज पनि ममर्त गरि अान्तरिक गन्तव्यमा उडान भर्दैछ । 

अब नगिमले भद्रपुर, विराटनगर , धनगढी र नेपालगञ्जमा नियमित उडान सुरु गर्ने जनाएको छ । भोली अार्इतबार देखि नै नियमित उडान गर्न लागेको निगमले हाल सिमरा, पोखरा र भैरहवामा १७ सिटे जहाजबाट नियमित उडान भर्दै अाएको छ । 

निगमले वार्इ १२-इ को सफल परिक्षण गरिसकेको छ । अब यो जहाजबाट नियमित उडान भर्नका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणलार्इ विवरण पेश गर्नेछ । साथै, दशैंअघि नै ग्रामीण गन्तव्यमा नियमित उडान भर्ने तयारी निगमको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?