संसदीय समितिमा शर्माको जवाफ–‘अनधिकृत व्यक्तिको संलग्नता भएको छैन’

लोकपथ
56
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको दाबी गरेका छन् ।

बिहीबार सिंहदरबारमा सुरू भएको संसदीय विशेष छानविन समितिको बैठकमा पूर्वअर्थमन्त्री अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिको संलग्नतालाई अस्वीकार गरेका हुुन् ।

पूर्वअर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिको प्रवेशबारे आफ्नो कुरा पत्यार नलागे सुरक्षाकर्मी र मर्यादापालकसँग सोधपुछ गर्न आग्रह गरे ।

‘बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशनै भएको छैन । तपाईहरूलाई मेरो विश्वास छैन भने सुरक्षाकर्मी र मर्यादापालकसँग सोधपुुछ गर्नसक्नुहन्छ,’ समितिको बैठकमा उनले भनेका छन् ।

उनले सीसीटीभीमा फुटेज स्टोरेजको अवधि आफूलाई थाहा नभएको समेत तर्क गरे । ‘सीसीटीभीले कहिलेसम्मको दृश्य राख्न सक्छ यस विषयमा म जानकार हुने कुरा भएन । यसबारे विज्ञहरुसँगै सोधपुछ गर्दा राम्रो होला । मबाट कसैलाई पोस्ने काम भएको छैन र हुनेछैन,’ समिति समक्ष शर्माले भनेका छन् ।

उनले छानबिन समितिमा अर्थ मन्त्रालयकै अधिकारीहरूले स्थापित विधि, सिद्धान्त, मान्यताका आधारमा बजेट निर्माण गरिएको शर्माले बताएका छन् । शर्मामाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनेको थियो । लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठित संसदीय विषेश छानबिन समितिले मन्त्रालयका सम्बन्धित अधिकारी र व्यक्तिसँग यसबारे सोधपुछ गरिरहेको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरि करका दर हेरफेर गरेको आरोपपछि पूर्वअर्थमन्त्री शर्माले गत असार २२ मा पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?