रोयल इन्फिल्डको ‘One Ride’ मा देशभरबाट १,५०० भन्दा बढी राइडर सहभागी

डाउन सिन्ड्रोम एसोसिएसनलाई २ लाख सहयोग

लोकपथ
0
Shares

काठमाडौं । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘One Ride’ मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन् ।

नेपालका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको यस राइडमा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएका थिए ।

काठमाडौंको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भई गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो । देशभरका २२ वटा अधिकृत डिलर लोकेसनबाट राइडरहरू यस कार्यक्रममा सहभागी भएका थिए ।

राइडकै अवसरमा रोयल इन्फिल्ड नेपालले डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ सहयोग गरेको छ ।

उक्त सहयोग रकमको चेक अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले डाउन सिन्ड्रोम एसोसिएसन नेपालका प्रेसिडेन्ट रमेश तामाङ, भाइस प्रेसिडेन्ट डा. प्रभा मैनाली र आरके सिंहलाई हस्तान्तरण गरे ।

चेक हस्तान्तरण गर्दै निर्देशक पौडेलले राइडिङलाई केवल मोटरसाइकल र यात्रासँग मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व र समुदायसँगको सहकार्यसँग जोड्दै लैजाने बताए । उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सामुदायिक गतिविधिलाई निरन्तरता दिँदै जाने बताए ।

यस राइड मार्फत देशका विभिन्न स्थानमा रहेका रोयल इन्फिल्ड राइडर तथा राइडर कम्युनिटीलाई एउटै प्लेटफर्ममा जोड्ने, अनुभव आदानप्रदान गर्ने तथा सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

रोयल इन्फिल्ड नेपालले आफ्नो राइडर कम्युनिटीलाई मोटरसाइकल र राइडिङमा मात्र सीमित नराखी सामाजिक गतिविधिसँग समेत जोड्दै आएको जनाएको छ ।

‘Pure Motorcycling’ को अवधारणाअन्तर्गत आयोजना गरिएको यस ‘One Ride’ ले देशभरका राइडरलाई एकै अभियानमा जोड्नुका साथै समुदायसँगको सम्बन्धलाई समेत थप मजबुत बनाएको छ ।

रोयल इन्फिल्डका लागि राइडिङ केवल यात्रा नभई अन्वेषण, अनुभव र समुदायसँग जोडिने माध्यम रहेको कम्पनीले जनाएको छ । यही अवधारणालाई अघि बढाउँदै आगामी दिनमा पनि राइडर कम्युनिटी र स्थानीय समुदायसँग सहकार्य गर्ने गतिविधिलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?