काठमाडौं । प्रभु बैंकले विदेशमा काम गर्ने तथा विदेशमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ ल्याएको छ ।
बैंकका अनुसार यस योजनामार्फत प्रवासी नेपालीले घर तथा जग्गा खरिद, घर निर्माण र मर्मतका लागि सहज रूपमा कर्जा लिन सक्नेछन् ।
योजनाअन्तर्गत अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ । कर्जाको अवधि बढीमा २५ वर्ष रहेको छ । कर्जाको सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको बैंकले जनाएको छ ।
यो सुविधा देशभरका प्रभु बैंकका ३०० शाखाबाट लिन सकिनेछ । घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत र जग्गा खरिदका लागि कर्जा उपलब्ध हुनेछ ।
योजनाअन्तर्गत बढीमा दुई जना सन्तानको नेपाल वा विदेशमा अध्ययनका लागि शैक्षिक कर्जा समेत लिन सकिनेछ । यस्तो कर्जाको ब्याजदर औसत आधार दरमा थप १ प्रतिशत प्रतिवर्ष कायम गरिएको छ । साथै, कर्जा प्रशासनिक शुल्कमा ५० प्रतिशत छुट दिइने बैंकले जनाएको छ ।
योजनामा सहभागी ग्राहकले पहिलो वर्ष डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउनेछन् ।
प्रभु बैंकले स्थापना कालदेखि नै विप्रेषण कारोबारलाई प्राथमिकता दिँदै आएको जनाएको छ । विदेशबाट आउने विप्रेषणलाई बैंकिङ प्रणालीमार्फत परिचालन गरी निक्षेप बढाउने र उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्ने उद्देश्यले योजना ल्याइएको बैंकको भनाइ छ ।
बैंकका अनुसार विप्रेषणले विदेशी मुद्रा आर्जन, घरपरिवारको आय र बैंकिङ प्रणालीमा तरलता बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नयाँ योजनामार्फत प्रवासी नेपालीसँग दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने लक्ष्य बैंकले राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया