काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । दिउँसो १ बजेदेखि धुम्बाराहीस्थित एक बैंक्वेटमा बैठक सुरु हुनेछ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोस्रो चरणको संघर्षका कार्यक्रम, आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी लगायत विषयमा छलफल गरी रणनीति तय गर्ने राप्रपाले जनाएको छ ।
बैठक आज र भोलि दुई दिनसम्म चल्ने बताइएको छ । यसअघि मंगलबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकमा असन्तुुष्टि जनाउँदै चार जना केन्द्रीय सदस्यले राप्रपा छोडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया