आगामी निर्वाचनमा गठबन्धन नगर्नेबारे माओवादीमा उठ्यो कुरा

लोकपथ
28
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । बैठकमा पार्टीका केन्द्रीय तहका नेताहरुले आफ्नो धारणा राखिरहेका छन् ।

बैठक स्थानीय तहको निर्वाचन र आगामी निर्वाचनका सन्दर्भमा समेत केन्द्रित भएको छ । आजको बैठकमा आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका छन् ।

उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले गठबन्धन भन्दाभन्दै मतदाताले चुनाव चिन्ह नै बिर्सने अवस्था आइसकेको टिप्पणी गरे ।

‘गठबन्धन भन्दाभन्दै चुनाव चिन्ह नै बिर्सने अवस्था आइसक्यो । यति सिट एक्लै पनि आउथ्यो’ स्थानीय चुनावको उदाहरण दिँदै उनले भने ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको थियो ।

नेता सिंखडाले गठबन्धनबाट नेपाली कांग्रेसले धेरै फाइदा लिएको आरोप समेत लगाए । सो बारेमा बोल्दै उनले भने, ‘राजधानी उपत्यकाको हालत के छ ? आज वडा जित्दा पनि गौरव गर्नुपर्ने अवस्था छ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?